सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एकल लोक गायन प्रतियोगिता सुरु

२०७९ चैत्र ४, ०५:२४

धनगढी : धनगढीमा लोक गायन प्रतियोगिता सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान, सुदुरपश्चिम र सामाजिक विकास मन्त्रालयकोे समन्वय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा धनगढीमा शनिवारदेखि प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता सुरु भएको हो। 

‘नव प्रतिभाको पहिचान, लोक संस्कृती संरक्षणकालागी हाम्रो अभियान’ भन्ने नारासहित प्रदेशभरीकै लोककला संरक्षण र पर्यटन प्रबद्र्धन गर्न प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता आयोजना गरिएको हो। कैलाली जनपुस्तकालयको हलमा सुरु भएको लोक गायन प्रतियोगिताको उद्घाटन पूर्व राज्यमन्त्री टेकबहादुर रैका आउजीले गरेका थिए। 

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल सुदुरपश्चिमले प्रदेशका कुना कन्दरामा लुकेका कला प्रतिभालाई अगाडि ल्याउने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको बताएको छ। 

लोक गायन प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट प्रतियोगीलाई सहभागी छन्। प्रदेशका प्रत्येक जिल्लाबाट १–१ जना गरी ९ जनाको सहभागिता हुने आयोजकले बताएको छ। प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छ। यस्तै दितीयलाई २० हजार नगद, ट्रफी र प्रमाणपत्र, तृतियलाई १५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सान्तोनालाई १० हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने आयोजकले बताएको छ।
 

कमेन्ट लोड गर्नुस