सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमै अवैध क्लिनिक, दुई औषधि पसलमा शिलबन्दी

२०७९ माघ २६, ११:५१ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाभित्रै अवैध क्लिनिक सञ्चालनमा रहेको पाइएको छ। अनुमति बिना सञ्चालित औषधि बिक्री गरेको भन्दै औषधि व्यवस्था बिभाग नेपालगञ्जले धनगढीका दुई औषधि पसलमा शिल गरेको छ।

विभागले बुधबार गरेको अनु्गमनका क्रममा अनुमति नलिएरै औषधि बिक्री गरेको पाइएपछि शिल गरिएको हो। धनगढी बजारका दुई मेडिकल दर्ता नभएको, सिफासिमा नपरेका औषधी बेच्ने गरेको लगायतका कैफियत फेला परेपछि अनुगमन टोलीले ती मेडिकल शिल गरेको हो।

औषधी व्यवस्था विभाग नेपालगञ्जका फारर्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहका अनुसार धनगढी उपमहानगरपालिका–७ मा रहेको जेपी क्लिनिक र सोहि वडाको एस.आर पारा क्लिनिकलाई शिल गरिएको हो। जेपी क्लिनिक दर्ता नै नभएको र एस.आर पारा क्लिनिले दर्ता नगरिएको र सिफारिस नगरिएका औषधी बेच्ने गरेको पाइएपछि दुबै औषधि पसल शिलबन्दी गरिएको शाहले बताए।

औषधी व्यवस्था विभागका प्रतिनिधि शाहसहित जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत रविन्द्र ओखेडा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी र स्थानीयको रोहबरमा क्लिनिकहरु शिल गरिएको छ।

अनुगमन समितिले धनगढीका अन्य दुई वटा मेडिकलमा म्याद नाघेका औषधी र बेच्न सिफारिस नभएका औषधीको बिक्री वितरण गर्ने गरेको फेला पारेपछि ती मेडिकलमाथि पनि कारवाहीको प्रक्रिया अघि बढाएको छ।

दुईवटा मेडिकल सञ्चालकलाई बयान दिनका लागि नेपालगञ्ज कार्यालय बोलाइएको शाले बताए। शिल गरिएका क्लिनिकलाई आवश्यक जरिवाना भराएर कानूनी प्रक्रिया पुरा गरेपछि मात्र सञ्चालनको अनुमति दिइने भएको हो।

कमेन्ट लोड गर्नुस