सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपिए विद्यार्थी परिषद् कप भलिबल प्रतियोगितामा साइमा एजुकेसन्स र केएमसी फाइनलमा

२०७९ माघ १९, ०१:४१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् एसपिए विद्यार्थी परिषद् भलिबल प्रतियोगितामा साइमा एजुकेसन्स र कैलाली बहुमुखी क्याम्पस फाइनलमा प्रवेश गरेका छन्। बुधवार भएको सेमिफाइनल खेलबाट साइमा एजुकेसन्स र केएमसी फाइनलमा पुगेका हुन्।माघ १५ देखि जारी प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो।

बुधवार भएको खेलमा साइमा एजुकेसन्सले घोडाघोडी क्याम्पसलाई पराजित गर्दै फाइनलमा कैलाली बहुमुखी क्याम्पससँगको भेट सुनिश्चित गरेको हो भने कैलाली बहुमुखी क्याम्पसले टीकापुर क्याम्पसलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको हो।

सुदूरपश्चिम कलेजमा सञ्चालन भइरहेको प्रतियोगितामा टीकापुर क्याम्पसले तेस्रो स्थानमा चित्त बुझाएको छ भने आज (बिहीवार) दिउँसो २ बजेबाट साइमा एजुकेसन्स र कैलाली बहुमुखी क्याम्पस भिड्ने भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः ५५ हजार, २५ हजार र १५ हजारसँगै ट्रफि प्रदान गरिने साइमा एजुकेसन्सका सञ्चालक प्रभास भट्टले बताए।
 

कमेन्ट लोड गर्नुस