सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक युवकमाथि सामूहिक आक्रमण

। फोटो स्रोत ।
२०७९ माघ १९, ०१:१४ खबर संवाददाता

धनगढीः धनगढीमा एक युवकमाथि सामूहिक आक्रमण भएको छ।

धनगढी उप महानगरपालिका वडा नम्बर ५ शिवनगर बस्दै आएका वसन्त जेठारामाथि बुधवार सामूहिक आक्रमण भएको हो।

धनगढीको कभर्ड हल नजिक उनीमाथि आक्रमण भएको कैलाली प्रहरीले बताएको छ। जेठारामाथि आक्रमण गर्ने निशेध धामी प्रहरीको नियन्त्रणमा छन्। धामीसहितका १० जनाको समूहले जेठारामाथि आक्रमण गरेका हुन्।  

जेठारालाई के हो भाई भनेकै भरमा कुटपिट भएको बताइएको छ। धनगढीको बाल्मीकी स्कुलदेखि जेठारालाई लखेट्दै टिसिएन चोकसम्म पु¥याइएको थियो। स्थानियले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले धामीलाई सोही ठाउँबाट पक्राउ गरेको हो। जेठाराको मुख, टाउको र शरिरमा चोट लागेको छ। 
 

कमेन्ट लोड गर्नुस