सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीका सामानसहित पाँच जना पक्राउ

२०७९ माघ १९, १०:२५

धनगढीः कैलालीमा भन्सार छलीका सामानसहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका क्षेत्रबाट उनीहरु भन्सारछलीको सामानसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कैललाीका अनुसार बिहीवार बिहान टीकापुर नगरपालिका वडा नम्बर ४ अस्नेहरीमा भारतबाट भन्सारछली ल्याउदै गरेको सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो। 

प्रहरीका अनुसार टीकापुर नगरपालिका वडा नम्बर १ का २८ वर्षीय अरुण गुप्ता (साहुजी), भारतको तिकुनियाका २४ वर्षीय सलमान हस्मी, १८ वर्षीय तारिख कुरेसी र ४८ वर्षीय अस्लम हस्मी पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीका अनुसार उनीहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइने छ।

यस्तै, जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९ बालुवाटार स्थित सडक खण्डबाट भन्सार छलीका सामानसहित बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ उदासीपुरका ४३ वर्षीय जनकु चौधरीलाई समेत पक्रउ गरिएको छ। उनले चलाएको भे २ त ७९८ नम्बरको ट्याक्टरेको ट्रालिमा मार्वर, टायलसहित पक्रउ गरिएको हो। उनलाई अवस्थामा प्रहरी चौकी कालाकुण्डाको समूहले पक्राउ गरेको हो। 


 

कमेन्ट लोड गर्नुस