सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामुदायिक विद्यालयका समस्यामा सरकार गम्भिर नभएको भन्दै अभियान तिब्र

२०७९ माघ १९, ०९:०१ खबर संवाददाता

धनगढी: सामुदायिक विद्यालयका समस्यामा सरकार गम्भिर नभएको भन्दै धनगढी उपमहानगरपालिकाको वडा नम्बर १७ बाट सुरु भएको अभियान तिब्र पारिएको छ।

सामुदायिक विद्यालयको समस्याहरु सम्बोधन गर्नका लागि शालिन ढंगको आन्दोलन सुरु गरेको सामुदायिक विद्यालको शैक्षिक वृद्धि र निजी स्रोत शिक्षकको व्यवस्थापन अभियानका संयोजक एंव न्यू कालिका आधारभूत विद्यालय धुर्झन्नाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज रानाले बताए। वडा नम्बर ७, १४, १५, १६, १७, १८ र १९ वडाका वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाई सकेको रानाले बताए।

वडा नम्बर ७ र १८ का वडा अध्यक्षहरुलाई बुधबार मात्र ज्ञापन पत्र बुझाइएको थियो। सामुदायिक विद्यालको शैक्षिक वृद्धि र निजी स्रोत शिक्षकको व्यवस्थापन अभियानका संयोजक रानाको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझाउने कार्यक्रममा वडा नम्बर १८ मा रहेको चन्द्रोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक शुलवचन्द सुवेदीले शिक्षा क्षेत्रको सुधारका लागि उठाएको मागहरु जाहेज रहेको भन्दै त्यसमा आफ्नो पूर्ण समर्थन रहेको बताए।

ज्ञापनपत्र बुझ्दैँ वडा नम्बर १८ का वडा अध्यक्ष भुवन रिजालले आफु शिक्षा क्षेत्रको सुधारका लागि निर्वाचित भए देखि नै लागि परेको दावी गरे। वडामा एक नमुना विद्यालय बनाउने उदेश्यका साथ अगाडि बढेको उनको भनाई छ। शिक्षाको सुधारका लागि उपमहानगरमा रहेका शिक्षा महाशाखा समेत सक्रिय हुन आवश्यक रहेको वडा अध्यक्ष रिजालले बताए।

यस्तै बुधबार नै धनगढी वडा नम्बर ७ का वडा अध्यक्ष मोती रानालाई समेत शिक्षामा देखिएका समस्याहरु सम्टिएको ज्ञापनपत्र बुझाएको छ ।
 

कमेन्ट लोड गर्नुस