सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुणा दहालको कृति ‘सम्झनामा’ सार्वजनिक

२०७९ माघ १६, ०७:०४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सहिद दिवस २०७९ तथा साहित्यकार फाल्गुणा दहालको संस्मरण विधाको कृति ‘सम्झनामा’ सुदूरपश्चिम सरकारका मन्त्री सन्तोष शर्मा थापा, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र उपन्यासकार श्रेष्ठ प्रिया पत्थरले सयुंक्त रूपमा विमोचन गरेका छन्।

मन्त्रीले शर्माले सहिदको बलिदान र सपना अनुकूल देशमा तल्लो तप्कासम्म विकास पु¥याए मात्रै शहीदप्रति सच्चा सम्मान र श्रद्धाञ्जली हुने बताए।

कृतिको समीक्षा गर्दै श्रेष्ठ प्रिया पत्थर र मनिराज जोशीले दहालको कृतिमा बाल्यकाल देखिका रोचक स्मरणीय घटनाहरूको सुन्दर चित्रण भएको बताउँदै सम्झनामा कृति पढ्दा सिर्जनात्मकताको विकास हुने बताए।

कमेन्ट लोड गर्नुस