सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर अर्यालको चिकित्सक संघको उपाध्यक्षमा समावेशी समूहबाट उम्मेदवारी

२०७९ पुष १८, १०:०७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा प्रदेशकै पहिलो नीजि क्षेत्रको अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा व्यवसायिक लगानी गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने एक चिकित्सक हुन डा. निरज अर्याल। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा जन्मिएका डा. अर्यालले महेन्द्रनगरको महेन्द्रनगर माध्यमिक विद्यालयबाट कक्षा दससम्मको अध्ययन पूरा गरेका हुन्।

यिनै डा.अर्याल पेशागत हकहितका लागि नेपाल चिकित्सक संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा उम्मेदवार बनेका छन्। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा कार्यरत पुरानो अनुहार मध्ये डा. अर्याल पनि एक हुन्। वरिष्ठ रेडियोलोजिष्ट रहेका डा. अर्याल धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत छन्।

१० बर्षसम्म काठमाडौंमा बसेर स्वास्थ्य सेवा प्रदान गरेका डा. अर्याल पढाइपछि २०७६ मा धनगढी फर्केका हुन् । सरकारी अस्पतालमा काम गर्न धनगढी पुगेका उनले २० बर्ष अघि नै धनगढीमा नवजीवन अस्पताल खोलेका थिए।

डा. अर्याल चिकित्सक हकहितमा निरन्तर लागिरहने व्यक्ति हुन्। उनले थोरै जनशक्तिबाट सुरु गरेको नवजीवन अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। अस्पतालबाट अहिलेसम्म विभिन्न स्वास्थ्य सेवा दिन थालिएको छ भने सयौं जनशक्ति कार्यरत रहेका छन्। अस्पतालमा दर्जनौ विशेषज्ञ सेवा थपिएका छन् । हाल सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला र भारतबाट आएका विरामीले अस्पतालमा उपचार गराउने गरेका छन्। सुरुवाती दिनमा सरकारी स्तरबाट स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेको स्थितिमा नीजि क्षेत्रबाट स्वास्थ्य सेवा दिन तयार हुनु आफैंमा चुनौतिपूर्ण काम भए पनि सेवा विस्तारमा सफल भएको डा.अर्यालको अनुभव छ।

डा. अर्यालले एमबीबीएसको पढाइ सकेपछि धनगढीमा शिक्षण गर्न आएका थिए । जुन समयमा स्वास्थ्य उपचारका लागि सेती अञ्चल अस्पतालमा थोरै सेवाहरु उपलब्ध थिए । न्यून संख्यामा मात्रै डाक्टर थिए । यस्तै, नीजि क्षेत्रबाट सामान्य रुपमा मेडिकल चलेका थिए । धनगढीमा एचए, फार्मेसी र स्टाफ नर्सको पढाइ हुन थालेको थियो । सेतीका समिति डाक्टरले पूर्णकालीन रुपमा पढाउन सक्ने स्थिति थिएन् । एचए र फार्मेसीको पठनपाठन सुरु गरेको भागेश्वर एकेडेमीले पूर्णकालीन शिक्षकको खोजी गरिरहेको थियो। शिक्षकको रुपमा डा. अर्याल पहिलो पटक धनगढी आएका थिए।

केही बर्ष कलेजमा पढाएपछि डा. अर्यालले पढाएर मात्रै हुँदैंन, अभ्यास पनि गर्नुपर्छ भन्ने सोचको परिणाम नवजीवन अस्पतालको स्थापना हुन पुगेको हो। उनले २०६१ सालमा आफ्नै सहोदर दाइ चुडामणि अर्याल र भागेश्वरका प्रिन्सिपल डाक्टर हरिलाल रावतसँग मिलेर अस्पताल खोल्ने योजना बनाएका थिए। जुन योजना तीनै जनाको सहकार्यमा सफल पनि भयो। 

अस्पताल पूर्वाधार र उपकरणका लागि १५ लाख लगानीमा धनगढीको रातोपुलमा १५ शय्या क्षमताको नवजीवन अस्पतालको सुरुवात भएको थियो । यो अस्पताल सुदूरपश्चिममा नीजि क्षेत्रबाट खुलेको पहिलो अस्पताल हो ।

तीन जनाले खोलेको अस्पतालमा तीनै जना डाक्टरबाट सेवा दिन सुरु भएको थियो । धनगढीको सरकारी अस्पताल र अन्य मेडिकल राती हुँदा बन्द हुने गर्दथे । तर, नवजीवनले चौविसै घण्टा सेवा दिने परिपाटी बसायो । त्यो वेला सेतीमा ओपिडीको दुई रुपैयाँ टिकट थियो भने नवजीवनले टिकट शुल्क १० रुपैयाँ तोकेको थियो। यस्तै,ईमरजेन्सीको टिकट भने १५ रुपैयाँ थियो । सुरूका दिनमा अस्पतालमा मुस्किलले आठ दश जना विरामी आउने गरेको डा.अर्यालले अहिले पनि सम्झिने गरेको बताएका छन्। धनगढीमा स्तरीय स्वास्थ्य सेवा प्रदान गरेको भन्दै डा. अर्याल सरकारबाट पनि सम्मानित भएका थिए ।

नवजीवन अस्पतालले कुनै समय एक्लो नीजि अस्पतालका रुपमा सेवा दिएको इतिहास रचेको छ। अहिले धनगढी मेडिकल हबका रुपमा विकास भएको छ। नयाँ–नयाँ अस्पतालह, विशेषज्ञ सेवा र अत्याधुनिक उपचार पद्धति धनगढीमा उपलब्ध छ । यसको श्रेय डाक्टर निरज अर्याललाई जान्छ । विगतमा सामान्य उपचारका लागि पनि भारत जाने बाध्यता थियो। अहिले त्यो रोकिएको छ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकको रुपमा हाल कार्यरत रहेका डाक्टर निरज अर्याल चिकित्सा क्षेत्रको परिचित नाम हो। समावेशी समूहबाट सुरक्षित पेशा, खुसी चिकित्सक भन्ने नारा लिएर डा. सन्तोष पौडेलको प्यानलबाट डा. अर्याल उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन्।

उपाध्यक्षका उम्मेदवार डा. अर्यालले जनाताको सेवामा रातदिन खटिने चिकित्सकका जायज माग र मुद्दामा समावेशी समूहले दरिलोसँग उभिन सक्ने भएकाले मतदान गर्न सम्पूर्ण चिकित्सकहरूलाई अनुरोध गरिरहेको बताएका छन्।

चिकित्सक संघको आगामी ४ वर्षे कार्यकालका लागि माघ ६ र ७ गते काठमाडौं बाहिरका शाखा कार्यालयहरूमा मतदान हुनेछ भने माघ १९, २० र २१ गते काठमाडौं उपत्यकाभित्रका शाखाहरूमा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।
 

कमेन्ट लोड गर्नुस