सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको बयालपाटा अस्पताललाई अवार्ड

२०७९ पुष १४, ०७:१७ खबर संवाददाता

धनगढीः अछामको बयालपाटा अस्पताले अवार्ड पाएको छ। बयालपाटाले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड पाएको हो। 

बिहिवार काठमाण्डौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको छ। द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–स्वास्थ्य नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्द बहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरेका छन्। 

न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनीले नेपालमा निःशुल्क र गुणस्तरिय स्वास्थ्य सेवा दिने संस्थाको अभियानमा थप होसल्ला मिलेको बताए। 
 

कमेन्ट लोड गर्नुस