सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. मेराज आलम अन्सारी सम्मानित

२०७९ पुष ७, ०६:२४ खबर संवाददाता

धनगढीः नेपाल जेसीजले राष्ट्रिय महाधिवेशनको अवसरमा डा. मेराजआलम अन्सारी सम्मानित भएका छन्। बिहीबार नेपाल जेसीजको ४९औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा धनगढी जेसीजको सिफारिसमा उनी सम्मानित भएका हुन्। 

स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै धनगढीका डा. अन्सारीलाई सम्मान गरिएको हो। अन्सारीलाई नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सम्मानित गरेका थिए।

कमेन्ट लोड गर्नुस