सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमानले माटोको डल्लोले हान्दा श्रीमती घाइते, अस्पताल भर्ना

२०७९ मंसिर २२, ०१:४७ खबर संवाददाता

धरानः सुनसरीको धरानमा श्रीमानले आफ्नै श्रीमतीलाई माटोको डल्लोले मुखमा हानेर गम्भीर घाइते बनाएका  छन्। धरान ८ का ४३ वर्षीय मनिष तामाङ्गले श्रीमती सविना परियारलाई माटोको डल्लाले हिर्काएका हुन्।

घरायसी कुरामा चित्त नबुझेपछि ‘के भनिस् रे, तेरो भन्नी मुख यही होइन ?' भन्दै  माटोको डल्लो टिपेर हानेको स्थानीय श्याम तामाङ्गले बताए।

गम्भीर घाइते सबिनालाई बिपी अस्पतालमा उपचारको लागि पठाएर श्रीमानलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस