सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा होटल संचालन गरिरहेका कञ्चनपुरको जनकराज पक्राउ

२०८१ वैशाख २९, ०८:२२ खबर संवाददाता

कञ्चनपुरः भारतमा होटल संचालन गरिरहेका कञ्चनपुरको जनकराज पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका भीमदत्त नगरपालिका–६ घर भई हाल भारतको पिथौरागढमा होटल संचालन गरी बस्दै आएका ५० वर्षीय जनकराज जोशी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतको पिथौरागडबाट शुक्रवार जोशीलाई पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस