सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलको प्रश्नः बालेनले अमेरिकी राजदूतसँग परराष्ट्रको अनुमतिमा भेटेको हो ?

२०७९ मंसिर १६, ०६:०९ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग गरेको भेटवार्तामा प्रश्न उठाएका छन्। उनले राजदूतसँगको भेट परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? जानकारी गराउन माग गरेका छन्।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ। कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ?’ उनले प्रश्न गर्दै ट्वीटरमा लेखेका छन्, ‘स्पष्ट गरियोस्। संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’

बिहिबार बालेन र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको थियो।

कमेन्ट लोड गर्नुस