सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्काको नाममा लाइसेन्स परीक्षा दिने युवक पक्राउ

२०७९ मंसिर १४, ११:४४ खबर संवाददाता

काठमाडौँ: प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्रको परीक्षा दिने युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१५ का २६ वर्षीय अरुण मण्डल रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उनलाई काठमाडौंको दक्षिणढोकास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको बताइएको छ। प्रहरीका अनुसार उनी बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन परीक्षा केन्द्रमा गएका हुन्। उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा बुझाइएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस