सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीकी एक महिला ४ दिनदेखि बेपत्ता 

२०७९ मंसिर ११, ०६:०९ खबर संवाददाता

धनगढी: बैतडीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपालीकी २४ वर्षीया मञ्जु बिष्ट यही मंसिर ७ गते बुधबारबाट बेपत्ता भएकी वडा अध्यक्ष केशव बिष्टले बताए।

उनका अनुसार घरबाट दाउरा काट्न भनेर गएकी मञ्जु सम्पर्कविहीन भएकी हुन्। बेपत्ता भएकै दिनदेखि उनको खोजी कार्य गर्दा पनि भेटिएकी छैनन्। उनी हराएको बारे प्रहरीलाई पनि जानकारी गराइएको पारिवारिक श्रोतले जनाएको छ। मञ्जुका एक ७ वर्षीय छोरा छन् भने श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। 
 

कमेन्ट लोड गर्नुस