सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा हत्या गरिएका ऐडीलाई न्याय माग्दै धनगढीमा प्रदर्शन

२०७९ मंसिर १०, ०८:४५ खबर संवाददाता

धनगढीः बाजुरामा मंसिर ४ गतेको निर्वाचनका दिन मतदानका क्रममा भएको विवादलाई लिएर कुटपिट गर्दै हत्या गरिएका अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय इकाइ कमिटी अध्यक्ष चेतन ऐडीलाई न्याय माग्दै अनेरास्वियुले धनगढीमा प्रदर्शन गरेको छ।

अनेरास्ववियुले ऐडीको हत्या भएको भन्दै संलग्नलाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेको हो।

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष मोती बिकले यथाशीघ्र दोषीलाई पक्राउ गरेर कारवाहीको दायरामा नल्याए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

कमेन्ट लोड गर्नुस