सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालसँग एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे हारे

२०७९ मंसिर ८, ०७:४३ खबर संवाददाता

काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन्। 

उनी चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालबाट पराजित भएका हुन्। ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६ सय ८ मत मात्र ल्याए। 

नेकपा एमालेबाट यो निर्वाचनमा पराजित पदाधिकारीमा उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत पनि छन् ।

कमेन्ट लोड गर्नुस