सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बडू अघि बढे, ठगुन्ना ४८ मतले पछाडि

२०७९ मंसिर ७, ०३:२४ खबर संवाददाता

दार्चुलाः दार्चुलाको प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा रोचक प्रतिस्पर्धा जारी छ। एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना र नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूका बीच रोचक प्रतिस्पर्धा भइरहेको हो।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका बडूले अग्रता लिएका छन्। उनले १३ हजार २३० मत प्राप्त गरेका छन्। १३ हजार १८२ मतसहित ठगुन्ना पछ्याइरहेका छन्।

यहाँ नेपाली कांग्रेसलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो। प्रदेशसभा क्षेत्र १ मा कांग्रेसका विक्रमसिंह धामी र २ मा माओवादीका मानबहादुर धामी विजयी भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस