सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३ ठाउँमा बम, सेनाद्वारा डिस्पोज

२०७९ मंसिर ४, ०१:३४ खबर संवाददाता

धनगढीः कञ्चनपुरका विभिन्न स्थानमा राखिएका बमहरु डिस्पोज गरिएको छ। भीमदत्त नगरपालिका–६ र पुनर्वास नगरपालिका–१ र २ मा राखिएका तीन वटा बमहरु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो। 

शनिबार राति पुनर्वास नगरपालिका–१ स्थित सन्तोष आयल स्टोर नजिक र सोही नगरपालिका–२ को अरनिको बस्तिमा फेला परेका बम जस्ता शंकास्पद वस्तु सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ।

ती शंकास्पद वस्तु कसले राख्यो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन मतदान केन्द्र नजिक भेटिएको शंकास्पद वस्तु पनि सेनाको टोलीले आइतबार बिहान करिब ७ बजेतिर निष्कृय पारेको छ। अहिले उक्त केन्द्रमा मतदान कार्य जारी छ।

आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कारका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र त्यसैबाट टुक्रिएको नेकपा (बहुमतले) विभिन्न गतिविधि गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस