सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा आयोजित छेडेदह फुटबल कप २ दिनका लागि सारियो

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २१, ०४:०८ खबर संवाददाता

धनगढी: बाजुरामा आयोजित छेडेदह फुटबल कप २ दिनका लागि सारिएको छ। छेडेदह स्पोर्ट क्वलबले आयोजना गरेको चौथो छेडेदह फुटबल प्रतियोगिता वर्षाका कारण २ दिन सारिएको हो।

असोज २२ गतेबाट सुरु हुने भनिएको फुटबल प्रतियोगिता २४ गते बिहान ११ बजेबाट सुरु हुने बताइएको छ। प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ३३ हजार ३ सय ३३ र द्धितीय पुरस्कार १ लाख २२ हजार २ सय २२ नगद रहेको छ। त्यसैगरी उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाइ पनि पुरस्कारको व्यवस्थचा गरिने आयोजकले जनाएको छ।

असोज २३ गतेसम्म टीम दर्ता गर्न सकिने, टीम दर्ता शुल्क १२,००० रुपैयाँ र धरौटी रकम (पछि फिर्ता हुने गरी) ३,००० तिर्नुपर्ने बताइएको छ । 
 

कमेन्ट लोड गर्नुस