सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लगातार वर्षा, जनजीवन प्रभावित

हवाई सेवासमेत अनियमित

२०७९ असोज २१, ०१:२५ खबर संवाददाता

धनगढीः दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण धनगढीको मुख्य बजार एलएन चोक र पार्कमोड क्षेत्र जलमग्न भएको छ। थोरै वर्षा हुनासाथ पानी जम्ने यो क्षेत्र लगातारको भारी वर्षाका कारण जलमग्न भएको हो। 

सुदूरपश्चिममा तराईका कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाको जनजीवनमा पनि लगातारको वर्षाका कारण प्रभावित भएका छन्। सडक यातायात सेवा पनि प्रभावित छ।

खेतमा पाकेर भित्र्याउन तयार धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाएर नोक्सान हुन थालेको किसानहरूले बताएका छन्। धनगढी विमानस्थलका अनुसार हवाई सेवासमेत अनियमित हुन पुगेको छ। कतिपय उडानहरू स्थगित भएका छन्। बिहीबार बुुद्ध एयरको उडान स्थगित भएको तथा श्री एयरको जहाज अवतरण गर्न नसकेर नेपालगञ्ज अवतरण भएको विमानस्थलले जनाएको छ।

कमेन्ट लोड गर्नुस