सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरामा सबै उडान रद्द

२०७९ असोज २०, ०५:२९ खबर संवाददाता

काठमाडौं: बिहीबार काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्। प्रतिकूल मौसमका कारण उडान रद्द भएका हुन्।

काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण बढी प्रभावित भएका छन्। सोही कारण भरतपुरका उडानहरु समेत प्रभावित भएको वायुसेवा कम्पनीहरुले बताएका छन्। बुद्ध एयरले बिहीबारका लागि पोखरामा निर्धारित सबै उडान रद्द भएको जानकारी गराएको छ। पोखराबाट काठमाडौंबाहेकका अन्य विमानस्थलमा भइरहेको उडान समेत बिहीबार रद्द भएको छ।


 

कमेन्ट लोड गर्नुस