सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाको धनगढी आउने कार्यक्रम स्थगित, आरजु आउने 

२०७९ असोज २०, ०१:१५ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशस्थित धनगढी आउने कार्यक्रम स्थगित भएको छ। भोलि बिहान देउवा धनगढी पुग्ने कार्यक्रम विविध कारणले स्थगन गरिएको बताइएको छ।

कैलाली काँग्रेसका सचिव केशब मिश्रले पछिल्लो जानकारीअनुसार प्रधानमन्त्री देउवा भोलि नआउने सूचना प्राप्त भएको बताएका छन्। यसअघि उनले नै देउवा धनगढी आउने कार्यक्रम तय भएको बताएका थिए।

तर, देउवा आउने कार्यक्रम स्थगित भएपछि उनकी पत्नी तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु देउवा राणा धनगढी आउने भएकी छन्। उनी भोलि बिहान धनगढी विमानस्थलमा ओर्लिने छन्। 

पार्टीको कामले उनी धनगढी आउन लागेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस