सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डको हातबाट टीका लगाएर माओवादीमा पस्दै द्वारिकलाल चौधरी  

२०७९ असोज १५, ०६:३६ खबर संवाददाता

विराटनगरः इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौं पुगेका छन्।

चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन्। चौधरीले माओवादी केन्द्र प्रवेश गर्ने निर्णयमा पुगेको बताए। उनले टिकट पाउने वा नपाउने विषय असोज २३ गते थाहा हुने बताए। उनी सुनसरी क्षेत्र नम्बर २ को क बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन्। थारु बाहुल्य क्षेत्र रहेकाले उनलाई टिकट दिन माओवादी केन्द्र तयार भइसकेको छ।

कमेन्ट लोड गर्नुस