सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका बङ्गुरमा ‘क्लासिकल स्वाइन फिभर’

फाइल फोटो
फाइल फोटो
२०७९ असोज १५, ०४:०९ खबर संवाददाता

धनगढी: कैलालीका बङ्गुरमा ‘क्लासिकल स्वाइन फिभर’ देखिएको छ। जिल्लाको कैलारी गाउँपालिका-१ रानामुडामा रहेको सम्झना पशुपति तथा तरकारी फर्ममा पालिएका बङ्गुरको नमुना परीक्षण गर्दा क्लासिकल स्वाइन फिभर देखिएको गाउँपालिकाले जनाएको हो।

गाउँपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक सूर्यप्रसाद चौधरीका अनुसार बङ्गुरको नमुना परीक्षणका लागि काठमाडौँको खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो। प्रयोगशालाको रिपोर्टमा सो फर्मका बङ्गुरहरूमा क्लासिकल स्वाइन फिभर पुष्टि भएको हो।

बङ्गुरमा ज्वरो आउने, चारो नखाने, छेर्ने, बान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातादेखि १० दिनमा मर्ने गरेको पाइएको छ। बङ्गुर मर्न थालेपछि वडा नम्बर ७ मा पालिएका बङ्गुरमा एक हजार डोज भ्याक्सिन समेत दिइएको र दसैँपछि सबै वडामा भ्याक्सिन दिइने बताइएको छ।

क्लासिकल स्वाइन फिभर अत्यधिक सङ्क्रामक भाइरल रोग भएको पशु चिकित्सक चौधरीले बताए। गाउँपालिकाले सबै वडा कार्यालयहरूलाई पत्राचार गर्दै बङ्गुरको मासु ओसारपसार नगर्न नगराउन आग्रह गरेको छ । 
 

कमेन्ट लोड गर्नुस