सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटनामा परी ८ जनाको मुत्यु  

२०७९ असोज १२, ०७:४० खबर संवाददाता

सल्यानः जीप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ। राप्ती राजमार्गको  कपुरकोट ३ मुलपानीमा रा १ ज ५६३ नम्वर जीप (डबल क्याब) विहान साढे तीन बजे  दुर्घटना भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।   

जिपमा सवार ९ जना मध्ये १ जना महिला ७ जना पुरुषको घटना स्थलमै मृत्यु भएको  छ। दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीयहरु रहेका छन्। एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ।

कमेन्ट लोड गर्नुस