सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीनन्दामा भेडा पालक किसानलाई नि:शुल्क औषधि 

२०७९ असोज ११, ०८:५६ खबर संवाददाता

धनगढी: बाजुराको बुढीनन्दामा युवाहरुले नि:शुल्क औषधि वितरण गरेका छन्। वाइल्ड बाजुरा अभियानका अभियन्ताहरुले बुढीनन्दामा रहेका भेडा पालक किसानहरुलाई औषधि वितरण गरेका हुन्।

उनीहरुले जुका, व्याक्टेरिया, झाडापखला, निमोनिया, आँखा पाकेको, ज्वरोको, घाउहरु सफा गर्ने (बेटाडिन), भिटामिन र लुतोको औषधि वितरण गरेका बताइएको छ। अभियन्ताहरुले त्यहाँ सरसफाइ पनि गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस