सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रकले ठक्कर दिँदा एकको मृत्यु

२०७९ असोज ८, ०८:४५ खबर संवाददाता

काठमाडौँ: ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ललितपुरको ग्वार्कोमा साँझ बाटो काट्ने क्रममा बा २ ख ८४ ९५ नम्बरको ट्रकले ठक्कर दिँदा सिन्धुलीका ४२ वर्षिय नरबहादुर कामीको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका कामीको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस