सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा आफैंलाई भोट नहालेका मेयरका उम्मेदवारलाई साढे ४ लाख जरिबाना

२०७९ असोज ५, १०:३६ खबर संवाददाता

बाजुराः स्थानीय तहको निर्वाचनमा आफैलाई भोट नहालेका बाजुराको बुढिनन्दा नगरपालिका प्रमुखका उम्मेदवारलाई साढे ४ लाख जरिबाना तोकिएको छ। 

निर्वाचनमा एक भोट पनि नपाएका बिरबहादुर रोकायालाई निर्वाचन आयोगले खर्च विवरण नबुझाएको भन्दै जरिबाना तोकेको हो। 

आयोगले खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार जरिवाना तोकेको छ। 

कमेन्ट लोड गर्नुस