सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाले जित्यो टी-२० एसिया कपको उपाधि

२०७९ भदौ २७, ०८:०५ खबर संवाददाता

काठमाडौंः टी-२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ। बलरहरू चम्किंदा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि हात पारेको हो।

पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो। तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो।

कमेन्ट लोड गर्नुस