सुदूर नेपाललाई विश्वसँग जोड्दै

अल्मुताइरीले गरे टिमको प्रशिक्षकबाट राजीनामा दिएको घोषणा

२०७९ भदौ २७, ०५:४७ खबर संवाददाता

काठमाडौंः अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन्। हाल कुवेतमा रहेका अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

यसअघि पनि उनले बारम्बार नेपाली टिमबाट राजीनामा दिने घोषणा गर्दै आएका थिए । तर उनको शैली फरक थियो। यस पटक भने उनले ५२५ दिन नेपाली फुटबललाई सेवा गरेपछि आफ्नो कार्यअवधी टुङ्ग्याएको जनाएका छन्। पछिल्लो पटक भएको तीन वर्षको सम्झौता अनुसार उनी २०२४ अक्टोबर ३१ सम्मका लागि प्रशिक्षक थिए।


 

कमेन्ट लोड गर्नुस