सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्टर हस्पिटल फुटसल टुर्नामेन्टको उपाधि सेती अस्पताललाई 

२०७९ भदौ २५, १०:३४ खबर संवाददाता

धनगढी: शनिबार कञ्चनपुरमा इन्टर हस्पिटल फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको छ। दसैंतिहारको उपलक्ष्यमा कञ्चनपुरको मन्त्र अस्पतालले सो प्रतियोगिताको आयोजना गरेको हो। 

जसअनुसार आज मन्त्र अस्पताल र सेती अस्पतालबीच भएको फाइनल खेलमा सेती अस्पताल विजयी भएको छ। मन्त्रलाई ६-३ ले हराउँदै सेती विजेता बनेको हो। विजेता सेतीले २० हजार नगद र ट्रफि हात पारेको छ भने उप-विजेता मन्त्रले १० हजारमा चित्त बुझाउनुपर्यो।

बेस्ट स्कोररको उपाधि सेतीका विक्रम बडेलाले पाएका छन्। उनले १० गोल गरेका हुन्। प्रतियोगितामा आठ ओटा टिमको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस