सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर नगरपालिकाका मेयर र उपमेयरबीच सय दिनमै यस्तो खटपट

छुट्टाछुट्टै कार्यक्रम 

२०७९ भदौ १७, ०४:२३ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिकाका मेयर र उपमेयरबीच खटपट देखिएको छ। पहिलेदेखि खटपट भएको भएपनि उनीहरु दुबैले छुट्टाछुट्टै ढंगले एक सय दिनको उपलब्धी सार्वजनिक गरेपछि विवाद छरपष्ट भएको हो।  

नगरपालिकाको लेटरप्याड प्रयोग गरेर मेयर रामलाल डगौरा थारुले भदौ १६ गते र उपमेयर खडकबहादुर शाहले भदौ १४ गते उपलब्धी सार्वजनिक गरेका थिए। उनीहरु दुबै जनाले सार्वजनिक गरेका उपलब्धी भने समान छन्। मेयर र उपमेयरको छुट्टाछुट्टै कार्यक्रमले उनीहरुबीच खटपट रहेको देखिएको हो। 

त्यहाँका मेयर डगौरा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए। यस्तै उपमेयर शाह नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए। तर मेयर र उपमेयरले भने त्यस्तो विवाद नरहेको दाबी गरेका छन्। तर, विवाद झल्किने गरी नागरिकस्तरमा सन्देश गएको उनीहरुको दाबी छ।

तथापी उपमेयरले आफ्नो काम कर्तव्य र अधिकार बिर्सेको मेयरको आरोप छ। यता, उपमेयरले भने प्रमुखबाट समन्वय नभएका कारण आफ्नो अग्रसरतामा भएका काम सार्वजनिक गरेको जनाए।

कमेन्ट लोड गर्नुस