धनगढी-१६ र १७ मा पनि नापी सुरु
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा नापी कार्य जारी रहेको छ। जसअन्तर्गत वडा नम्बर १६ र १७ मा पनि नापी कार्य सुरु भएको छ। दुबै वडामा नापी कार्य प्रारम्भका लागि मेयर गोपाल हमालले उद्घाटन गरेका हुन्।
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि नापी थालिएको उपमहानगरले जनाएको छ। राष्ट्रिय भूमि आयोग र धनगढी उपमहानगरमार्फत नापी थालिएको हो। धनगढीमा वडा नम्बर ३ बाट नापी कार्य थालिएको थियो।