सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूमिहीनलाई लालपुर्जा वितरण गर्न धनगढी–२ मा पनि नापी सुरु 

२०७९ भदौ १६, ०५:०१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा नापी कार्य जारी रहेको छ। जसअन्तरतगत वडा नम्बर २ मा पनि नापी कार्य सुरु भएको छ। वडा नम्बर २ मा नापी कार्य प्रारम्भका लागि मेयर गोपाल हमालले उद्घाटन गरेका हुन्। 

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि नापी थालिएको उपमहानगरले जनाएको छ। राष्ट्रिय भूमि आयोग र धनगढी उपमहानगरमार्फत नापी थालिएको हो। धनगढीमा वडा नम्बर ३ बाट नापी कार्य थालिएको थियो। 

कमेन्ट लोड गर्नुस