कैलालीमा लागुऔषधसहित एक जना पक्राउ
२०७९ भदौ १६, ०४:२७
धनगढी: कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ कुसुमघाटबाट सोही ठाउँका एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले २८ वर्षीय सुगन्ध बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको साथबाट लागुऔषध (खैरो हेरोईन) ५ ग्राम बरामद गरिएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस