सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चौलानी ग्रुपका सञ्चालक साउँदले भनेः सडक विस्तारमा बाधक हुन्न

२०७९ भदौ १६, ०४:१६ खबर संवाददाता

धनगढी: चौलानी ग्रुपका सञ्चालक मानसिंह साउँदले मुख्य सडक विस्तार गर्न संरचना भत्काएर सहयोग गर्न तयार रहेको बताएका छन्। विकासका लागि त्याग गर्न तयार रहेको बताएका साउँदले सडक क्षेत्रमा पर्ने संरचना आफैं भत्काउने बताएका छन्। उपमहानगरको नापी टोलीले लगाएको चिन्ह भित्रको संरचना हटाउँदा सहर सुन्दर बन्छ भने विकासको बाधक आफूं नहुने साउँदले बताए।

'केही वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको संरचना फेरि भत्काउँदा मार्का त पर्छ नै तर विकासको बाधक नभएर त्याग गर्दा सबैलाई राम्रो हुने भएकाले सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन तयार छु,' उनले भने, 'हाम्रो त्यागले धनगढी राम्रो हुन्छ भने जग्गा छोड्नमा हामीलाई गर्व छ।'

धनगढी उपमहानगरपालिकाले कैलाली पुल देखि क्याम्पस चोकसम्म करिव २ हजार ७ सय मिटर सडकलाई ३० मिटर बनाउन डिपिआर तयारको चरणमा रहेको छ। उपमहानगरको मुख्य सडकलाई चौडा बनाउने योजना रहेको छ। 
 

कमेन्ट लोड गर्नुस