कैलालीमा उसु खेलाडी छनौट सोमबारदेखि शुरु
धनगढीः कैलालीमा उसु खेलाडी छनौट कार्य सोमबारदेखि शुरु भएको छ । नौवौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि जिल्लामा खेलाडी छनौट गर्ने कार्यको एक समारोहकाबीच समुदघाट गरिएको हो।
उसु प्राविधिक संघका संयोजक राजिव गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष मोति राना थारु प्रमुख अतिथि रहेका थिए।
सो कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दीपकबहादुर सिंह, प्रतियोगिता छनौट समितिका सह–संयोजक एवं करातेका सुदूरपश्चिम प्रदेश आश्रम केसी लगायतको सहभागिता रहेको थियो। एशियन रेफ्री तथा सुदूरपश्चिम प्रदेशका उसु प्रशिक्षक रतन खातीले कार्यक्रमको सञ्चालन गरेका थिए।