सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा राति १० बजेपछि नाचगान गर्न नपाइने 

२०७९ भदौ १२, १०:५० खबर संवाददाता

धनगढी: बाजुरामा राति १० बजेपछि नाचगान गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले सूचना जारी गर्दै तीजका अवसरमा हुने नाचगान लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु राति १० बजेपछि नगर्न भनिएको छ।

जिल्ला सुरक्षा समितिको १० गते बसेको बैठकको निर्णयअनुसार राति १० बजेपछि नाचगान गर्न नपाइने र जिल्लास्थित मदिरा कारोबार गर्ने इजाजत प्राप्त सम्पूर्ण व्यवसायीहरुले राति ९ बजेपछि मदिरा विक्रि वितरण नगर्न सूचनामा भनिएको छ। प्रचलित कानुन र निर्णय विपरीत कार्य गरेको पाइए कारबाही गरिने सूचनामा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस