सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर बालिकाको एकको मृत्यु

२०७५ फाल्गुन १९, ०२:४३ खबर संवाददाता

बाजुराको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज विहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना खत्री रहेको निमित्त प्रहरी नायव उपरिक्षक लोकेन्द्रसिंह गुरुले बताए । मृतक बालिका बुबासंगै कुटानीपिसानी मिलमा गएको बेला उनले ओढेको दोपट्टा  मिल चलिरहेको बेला अड्किएपछि बालिकाको मृत्यु भएको निमित्त प्रहरी प्रहरी नायव उपरिक्षक गुरुले बताए ।   मृतक बालिकाको शव पोष्ट मार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लाइएको छ । मृतक बालिकाका  बुबाले कुटानी पिसानी मिल संचालन गर्दै आएको बताइएको छ ।

कमेन्ट लोड गर्नुस