सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी बालिका महाकाली नदीमा बेपत्ता

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ भदौ ८, ११:५६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरकी एक बालिका महाकाली नदीमा बेपत्ता भएकी छिन्। बुधबार दोधारा चाँदनी नगरपालिका–७ की १० वर्षीया सृजना सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन्।

नुहाउने क्रममा उनी दोधाराचाँदनी नगरपालिका–९ ढकनाघाटबाट नदीमा बगेको वडाअध्यक्ष गोपीलाल कडेलले जानकारी दिए। बेपत्ता भएकी बालिकाको खोजीका लागि मझगाउँबाट सशस्त्र प्रहरीको गोताखोर टोली मगाइएको उनले बताए।

कमेन्ट लोड गर्नुस