८ सेकेण्डमै गोल गरेर एमबाप्पेले बनाए कीर्तिमान
काठमाडौं: पेरिस स्टार स्टाइकर केलियन एमबाप्पे फ्रान्सको घरेलु लिग फुटबल लिग वानमा सबैभन्दा चाँडो गोल गर्ने खेलाडी बनेका छन्।
एमबाप्पेले लिलेविरुद्ध आइतबार राति भएको खेलमा ८ सेकेन्डमै गोल गरेका थिए। लियोनल मेस्सीले मध्य भागबाट दिएको लंग पासमा एमबाप्पेले वन भर्सेस वनमा बल चिप गर्दै गोल गरेका थिए। यो खेलमा पीएसजी ७-१ गोलले विजयी भएको थियो।
एमबाप्पेले ह्याटिक गरे भने नेमारले दुई गोल र तीन असिस्ट गरेका थिए। पीएसजीले घरेलु लिगमा यो सिजन खेलेका सबै तीन खेल जित्दै त्यसमा १७ गोल गरेको छ।