सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भलिबल प्रतियोगिता हुने, बिजेतालाई ३० हजार

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ २, ०१:३१ खबर संवाददाता

धनगढीः डडेल्धुराको भागेश्वरमा भलिबल प्रतियोगिता हुने भएको छ। गौरा र तीज पर्वको अवसरमा खबरदारी न्यूज साप्ताहिकले खुला भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो।

भदौ १४ गतेदेखि सुरु हुने प्रतियोगितामा भलिबलसँगै डेउडा, म्युजिकल चेयर र सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजकले जनाएको छ। भागेश्वर गाउँपालिकाको सदरमुकाम बगरकोटको सरस्वती माविको मैदानमा खेल हुनेछ।

 टिम दर्ताका लागि भदौ १ देखि १२ गते सम्म म्याद राखिएको छ भने दर्ता शुल्क दुई हजार पाँच सय राखिएको छ। प्रतियोगिताको विजेता टिमले नगद ३० हजारसहित प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले नगद १५ हजार नगदसहित प्रमाणपत्र र तृतीय हुने टिमले नगद ७ हजार नगदसहित प्रमाणपत्र पाउनेछ। डेउडा म्युजिकल चेयरमा उत्कृष्ट ३ लाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस