सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सितोरियो करातेको प्रशिक्षण हलको उद्घाटन

२०७९ साउन ३१, १०:५२ खबर संवाददाता

धनगढी: नेपाल सितोरियो करातेको धनगढी रंगशालामा प्रशिक्षण हलको उद्घाटन गरिएको छ। सोमबार धनगढी रंगशालास्थित सितोरियो कराते प्रशिक्षण हलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्मित कराते प्रशिक्षण हलमा एकै १ सय ५० जना भन्दा बढी खेलाडीले प्रशिक्षण गर्नसक्ने बनाइएको छ।

कमेन्ट लोड गर्नुस