सुदूर नेपाललाई विश्वसँग जोड्दै

होटलमा महिला र पुरुष मृत फेला

२०७९ साउन ३१, १०:३८ खबर संवाददाता

बटवल: बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन्। तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन्।

धादिङ घर भएका अन्दाजी ३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ।  युवती पलङमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस