सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको फुटबल महासंघ फिफाबाट निलम्बित

२०७९ साउन ३१, ०९:२२ खबर संवाददाता

काठमाडौँ: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ। फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको हो।

फिफाले एआईएफएफलाई यसअघि नै चेतावनी दिएको थियो। भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो। साथै भारतले आगामी अक्टोबरमा आयोजना गर्न लागेको यू-१७ महिला विश्वकप फुटबल पनि अर्को देशमा सारिने भएको छ। भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउनेछैन।
 

कमेन्ट लोड गर्नुस