सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जुवातास खेलिरहेका ४ जना पक्राउ, करिब ३ लाख नगद बरामद

फाइल फोटो
फाइल फोटो
२०७९ साउन २७, ०९:१० खबर संवाददाता

धनगढी: कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिए प्रहरी टोलीले ४ जनालाई २ लाख ९० हजार १०० सहित पक्राउ गरेको हो। 

जिल्लाको गोदावरी नगरपालिका २ शिवनगरमा ४५ वर्षीय सन्देश केसीले सञ्चालन गरेको सन फ्लावर गेस्ट हाउसबाट उनीसहित ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 

पक्राउ पर्नेमा होटेल सञ्चालक केसी, गोदावरी ४ बस्ने ३५ वर्षीय टेकबहादुर रावल, सोही ठाउँका ४२ वर्षीय पदम भट्ट र बैतडी पुर्चौडी नगरपालिका ३ बस्ने २६ वर्षीय केशव कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। तास खेलिरहेका मध्ये बैतडी पाटन नगरपालिका ४ बस्ने ३९ वर्षीय सुरेन्द्र ऐरी र धनगढी उपमहानगरपालिका २ बस्ने ३४ वर्षीय सागर सिंह भाग्ने क्रममा चोट लागि उपचारको लागी मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस