सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘अरुका छोराछोरीलाई बन्दुक बोकाएर आफ्नाको विदेशी डिग्री फेसबुकमा राख्न लाज लाग्दैन ?’ 

२०७९ साउन २७, ०४:१० खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका ठूला दलका नेताहरूले आफ्नो परिवारको समृद्धिको लागि मात्र काम गरेको आरोप लगाएका छन्। शुक्रबार हेटौँडामा आयोजना भएको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिएका दलका नेताहरूको परिवारवादी सोचको कारण देश विकास नभएको दाबी गरे।

उनले भने ‘अर्काको छोराछोरीलाई बन्दुक बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?’ वागमती प्रदेशमा १८ जना के का लागि ? भन्दै उनले प्रश्नसमेत गरे। ‘प्रदेशमा १८ जना मन्त्री बनाएर जनतालाई हिलो, धुँवा खुवाउँदै खाडल भएको सडकमा गुड्नको लागि मात्र १८ जना मन्त्री बनाएको हो ? प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र हुन् ? त्यसैले यो संरचनाबारे सोच्नुपर्ने समय आएको छ’, रविले भने।

देशमा नेताहरुले गरेको गलत कामको एक(एक हिसाब खोज्ने भन्दै लामिछानेले आउँदो निर्वाचनमा आफूहरु विजयी भए भ्रष्टाचारीको ठेगान लगाइने बताए।


 

कमेन्ट लोड गर्नुस