सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक दिन अघि सर्‍यो फिफा विश्वकप

२०७९ साउन २७, ०८:१७ खबर संवाददाता

काठमाडौं: आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ। आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको हो।

यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो। तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ। जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ। 


 

कमेन्ट लोड गर्नुस