सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोकुलमको जितमा सावित्राको पाँच गोल

२०७९ साउन २५, ०९:०९ खबर संवाददाता

काठमाडौं: नेपाली राष्ट्रिय टोलीकी स्टाइकर सावित्रा भण्डारीको रवाफिलो प्रदर्शनमा गोकुलमले केरेला एफसीमाथि गोल वर्षा गरेको छ। बुधबार भारतको केरेला महिला लिगको सिजनको पहिलो खेलमा गोकुलमले केरेलामाथि ११-० को फराकिलो जित निकाल्दा सावित्राको नाममा पाँच गोल रह्यो।

२७ मिनेटमा ह्याट्रिक पूरा गरेकी सावित्राले पहिलो हाफमा ४ गोल गरेकी थिइन् भने अर्को एक गोल दोस्रो हाफमा सम्भव बनाइन्। केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६-० को फराकिलो अग्रता बनाएको थियो। सावित्राले टोलीका लागि पहिलो,  तेस्रो र चौथो,  पाँचौं र आठौं मिनेटमा गोल गर्दा टिमका लागि थप गोल अन्य खेलाडीले गरेका थिए। सन्धियाले २ गोल गर्दा कप्तान कश्मिना,  रेश्मा,  एड्जिल र हर्मिलानले समान १-१ गोल गरे। सावित्रा प्लेयर अफ दी म्याच घोषित भएकी थिइन्। उनले दुई असिस्ट पनि गरेकी थिइन्।

गोकुलम केरेला लिगसँगै महिला आइ लिगको साविक च्याम्पियन पनि हो। 

कमेन्ट लोड गर्नुस